सलमान खानको नेपालमा हुने प्रस्तुति हेर्न ५ देखि २५ हजारसम्म शुल्क लाग्ने

भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदै छन् । ‘दशंग टुर’मार्फत उनी नेपाल आउन लागेका हुन् । त्यसको व्यवस्थापन ओडिसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । 

दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । त्यसका लागि अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । 

जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन् । उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् । 

उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ । 

उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ । यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो । 

सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन् । उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन् । 



नेपालमा आयोजित कार्यक्रममा पनि दर्जनभन्दा बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ ।



  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १९:९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया