अमेरिकाले भन्यो– युक्रेनले होसियारीपूर्वक आफ्नो सुरक्षा गरिरहेको छ

आफ्ना सुरक्षा बलहरूले रुसी सेनाले कब्जा गरेका आफ्नो क्षेत्र फिर्ता लिन सफल भएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनको दाबीपछि अमेरिकी रक्षा विभागका प्रवक्ता जोन किर्बीले पत्रकारहरूलाई युक्रेनले 'होसियारीपूर्वक, रचनात्मक रूपमा, फुर्तीका साथ' देशको रक्षा गरिरहेको भन्दै प्रशं‌सा गरेका छन् ।

'युक्रेनीहरू अलि बढी आक्रामक हुँदै गएको संकेत पाएका छौँ,' उनले भने 'उनीहरू धेरै ठाउँहरूमा उपस्थिति बढाउँदै लगेका छन् । विशेष गरी दक्षिणको खेरसनमा, जहाँ उनीहरू आफ्नो क्षेत्र फिर्ता लिन पनि सफल भए ।'

युक्रेनी सुरक्षा बलहरूले जवाफी हमलाको तयारी गरिरहेको र अब 'उनीहरू यस दिशा अगाडि बढिसकेको' उनको भनाइ छ । 

'युक्रेनीहरूले सयमताका साथ प्रतिरक्षा गरिरहेका छन् । रूसले कुनै रणनीतिक उद्देश्य हासिल गरेका छैन । साथै उसले भारी नोक्सानीको पनि सामना गरिरहेको छ' उनले भने ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार २०:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया