अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, तीनै तहसम्म रहन्छ  : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनै तहकाे चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका छन्। 

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक आज गृहजिल्ला चितवन आएका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए । 

चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने पनि उनले बताए।

उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ ।’

सञ्चारकर्मीकाे चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’ 

प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । प्रचण्ड भोलि मात्रै काठमाडौँ फर्कने छन् । 





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार ८:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया