नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी गठबन्धनको विषयमा केन्द्रबाटै निर्णय हुने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् । कांग्रेस चितवनले जिल्लामा गठबन्धन नहुने बताएपछि प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय चुनावसम्म पनि रहन्छ’, उनले भने । चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन आएका हुन् । उनी स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलोपटक गृह जिल्ला चितवन आएका हुन् ।
प्रचण्ड भोलि मात्रै काठमाडौं फर्कने कार्यक्रम छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।