गत सातादेखि नै देशदौडाहामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड आज (बिहीबार) चितवनमा छन् ।
आफ्नो निर्वाचन क्षेत्रमा पुगेका अध्यक्ष प्रचण्डले माडीस्थित परवी खोला पुलकाे उद्घाटन गरे ।
लगत्तै प्रचण्डले कुसुमखोला नमुना चेपाङ बस्तीको (४१ घरपरिवार) आवास कार्यक्रमको उद्घाटन पनि गरे ।
३० वैशाखका लागि घोषणा गरिएको स्थानीय निर्वाचनको संघारमा दलका नेताहरू तीव्र दौडधुप गरिरहेका छन् । प्रचण्ड यसअघि पनि चितवन बेला बेलामा पुगिरहेका हुन्थे।
उनले माडीका सहिद परिवारसँग बसेर खाना खाएका छन् । आज माडी-७ का सहिद निलकण्ठ सुवेदी सुवासको स्मृति दिवस पनि हो ।
अध्यक्ष प्रचण्डले सहिद सुवासका आमाबुवासँग पनि भेट गरेका छन् । कमरेड सुवासप्रति श्रद्धाञ्जलि व्यक्त गरेको उनको स्वकिय सचिवालयले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।