कृष्ण महराका स्वकीय सचिव शर्मा पत्नीसहित एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा नेकपा एमाले प्रवेश गरेका छन् । उनी काठमाडौंमा जारी एमाले केन्द्रीय कमिटी बैठक स्थलबाटै पत्नी सीता चौधरीसहित एमाले प्रवेश गरेका हुन् ।

शर्मा माओवादी केन्द्र तुलसीपुर, दाङ उपमहानगर कमिटी अध्यक्ष थिए ।  उनकी पत्नी सीताले २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिका उपमेयरमा प्रतिस्पर्धा गरेकी थिइन् । यद्यपि उनी चुनावमा पराजित हुन पुगिन् । उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका हुन् । 

त्यस्तै, सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाबाट वडाअध्यक्षसहित माओवादी केन्द्रका ६० भन्दा बढी नेताकार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् । सो गाउँपालिकाको ४, ५ र ९ वडाका माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

एमालेमा प्रवेश गर्नेमा दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भूपालसिंह राई, वडा सदस्यद्वय​ रेनुका रसाइली र सोमकुमार तामाङ पनि रहेका छन् । 

तस्बिर : जुली गिरी





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १२:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया