प्रचण्डको दाबी - तीन तहकै निर्वाचनसम्म गठबन्धन रहन्छ
फाइल तस्वीर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने दाबी गरेका छन् । 

चितवनको माडी नगरपालिका–९ राईडाँडामा कुसुमखोला नमुना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँंगै अघि बढ्ने उनको भनाइ थियो । उनले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताएका हुन् । 

आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा संगठन बलियो बनाउनुपर्नेमा उनको जोड थियो । उनले आन्तरिक शक्ति बलियो बनाउने तर्फ लाग्न नेता-कार्यकर्ता निर्देशन दिए ।

गएको निर्वाचनमा आफूले गरेको बाचा पूरा हुने चरणमा गएको भन्दै उनले बाँकी रहेका केही योजना एक वर्षभित्रमा सम्पन्न हुने बताए । माडी उनको निर्वाचन क्षेत्र हो । 

पूर्वाधारका धेरै काम सम्पन्न भएको उनको भनाइ थियो । प्रचुर सम्भावना बोकेको माडीको विकासमा आफू लागिपरेको प्रचण्डले बताए ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १५:३८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया