स्थानीय निर्वाचन : उम्मेदवार बन्न एमालेले तय गर्‍याे मापदण्ड, कुन पदमा कसको सिफारिस ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रिया तय गरेको छ । 

बुधबार र बिहीबार राजधानीमा बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार बन्नका लागि आवश्यक मापदण्ड र सिफारिस प्रक्रियाबारे निर्णय गरेको हो । 

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार वडाअध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस, जिल्ला कमिटीको निर्णय आवश्यक पर्ने मापदण्ड निर्धारण गरिएको छ । 

त्यस्तै, गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुख) को हकमा गाउँ र नगर कमिटीको सिफारिस, जिल्ला कमिटीको सिफारिस, प्रदेश कमिटीको निर्णयको आवश्यक पर्ने मापदण्ड केन्द्रीय कमिटीले तय गरेको छ । 

यसैगरी, उपमहानगर र महानगरपालिकाको हकमा सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिस, केन्द्रीय कमिटीको निर्णय आवश्यक पर्ने रिजालले जानकारी दिए ।

एमाले निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रियाः



वडाअध्यक्ष : वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस, जिल्ला कमिटीको निर्णय

गाउँपालिका (अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुख) : गाउँ र नगर कमिटीको सिफारिस, जिल्ला कमिटीको सिफारिस, प्रदेश कमिटीको निर्णय



उपमहानगर र महानगरपालिका : सम्बन्धित जिल्ला र प्रदेश कमिटीको सिफारिस, केन्द्रीय कमिटीको निर्णय

त्यस्तै, एमालेले उम्मेदवार चयनका मापदण्ड पनि तय गरेको छ । 

यस्ता छन् उम्मेदवार चयनका मापदण्ड :

१) पार्टी, नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता

२) निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन

३) लोकप्रियता र विजयको सुनिश्चितता

४) आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा

५) कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण 

६) सन्तुलन र समावेशीता

  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १६:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया