टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

टुँडिखेलमा चैत २५ देखि ३० सम्म ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो ।

विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । आयोजक संस्था डिएआर मुभिजले यस अघि २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोक दोहोरी महोत्सवको आयोजना गरेको थियो । उक्त महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ साल फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यस पटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउनेछन् । 

विभिन्न सम्मान सहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरुको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोश्रो हुनेले नगद ३ लाख तेस्रो हुनेले नगद २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङ्गको प्रस्तुति रहने बताइएको छ ।





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १७:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया