logo-img

राप्रपा–विवेकशील साझा एकीकरण प्रयास तीव्र, नाम र चुनाव चिह्न मिले एकता पक्का

राप्रपा–विवेकशील साझा पार्टीले एकीकरण प्रयास तीव्र पारेका छन् । सुरूमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियान चलाएका साझाका अध्यक्ष रवीन्द्र मिश्र अन्ततः राजावादी पार्टीसँग एकता गर्न कम्मर कसेर लागेका हुन् । 

पार्टी एकताबारे विवेकशील साझाका अध्यक्ष मिश्रको निवासमा पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणाले छलफल गरेका छन् । मिश्र राप्रपाको एजेन्डालाई अनुमोदन गर्न तयार रहेको बुझिएको छ । 

राप्रपा छाडेर राप्रपा नेपाललाई पुनर्जाग्रित गराएका कमल थापाले राजसंस्था पुनस्र्थापनाको मुद्दा छाडिसकेका छन् । उनी अहिले हिन्दु राष्ट्रको एजेण्डा बोकेर देशव्यापी संगठन निर्माणमा जुटेका छन् । 

यता, गण्तन्त्रमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा अघि बढेका मिश्र भने राजसंस्था र हिन्दू राष्ट्रको मुद्दामा सहमत भएका छन् । दुई दलबीच प्राविधिक रूपमा मात्रै एकता हुन बाँकी रहेको ती दलका नेताले बताएका छन् । 



उनीहरुबीच सिद्धान्त र आगामी कार्यदिशामा विवाद नरहे पनि पार्टीको नाम र चुनाव चिह्नमा भने सहमति हुन सकेको छैन । राप्रपा नाम राप्रपा र चुनाव चिह्न हलो नै कायम हुनुपर्ने अडानमा छ भने विवेकशील साझा पार्टीको नाम साझा राखेर चुनाव चिह्न तराजु हुनुपर्ने अडानमा छन् । 

राप्रपाका महामन्त्री राणा एकताका लागि प्राविधिक कुराहरू मात्रै नमिलेकाले धेरै कुरामा समस्या नरहेको बताएका छन् । 

विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने दुई पार्टी मिलाएर नयाँ शक्ति निर्माण गर्ने दिशामा कुरा अघि बढेको बताए । पार्टीको नाम र चुनाव चिह्नबारे छलफल गर्न राप्रपा तयार भए एकताको ढोका खुल्ने उनको भनाइ छ । 

विवेकशील साझाका अध्यक्ष मिश्रले अर्का संयोजक मिलन पाण्डेलगायत नेतालाई यसअघि नै पार्टीबाट निष्कासन गरिसकेका छन् । उनीहरूलाई कारबाही गरेलगत्तै उनले राप्रपासँगको एकता प्रक्रियालाई तीव्रता दिएका हुन् । 



  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया