चिनियाँ विदेशमन्त्री वाङ यी बिहीबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । चिनियाँ विदेशमन्त्रीले शुक्रबार रुस र भारतका विदेशमन्त्रीसँग भेटवार्ता गर्नेछन् ।
लद्दाखमा सीमा विवाद सुरु भएपछि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो । विदेशमन्त्रीको भ्रमणपछि चीन–भारत सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ ।
भारत भ्रमण सकेर उनी शुक्रबार नेपाल आउनेछन् । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीलगायतसँग भेट गर्नेछन् ।
विदेशमन्त्री यीले एमाले र माओवादी केन्द्रका अध्यक्षहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा हुने सो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।