सर्वाेच्चकाे आदेशपछि गुण्डानाइके दीपक मनाङ्गे थुनामुक्त

काठमाडौं– सर्वोच्च अदालतले चर्चित गुण्डानाइके दीपक मनाङ्गे (राजीव गुरुङ)लाई थुनामुक्त गर्न आदेश दिएको छ । 

सर्वोच्चको आदेश आएलगत्तै उनलाई डिल्लीबजार कारागारबाट छोडिएको छ ।

गण्डकी प्रदेशको मनाङबाट प्रदेश सभामा निर्वाचित भएका दीपकलाई गत वैशाखमा काठमाडौं प्रहरीले पक्राउ गरेको थियो । उनी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । 

यसअघि उनलाई सर्वोच्चले ज्यान मार्ने उद्योगमा संलग्न भन्दै ५ वर्षे जेल सजाय सुनाएको थियो । त्यसपछि उनी पुनरावेदनमा पुगेका थिए । तर, पुनरावेदनले पनि सर्वोच्चको फैसलालाई नै सदर गरेको थियो ।

प्रदेशसभा निर्वाचनमा दीपक तत्कालीन नेकपा एमालेबाट टिकटका लागि सिफारिस भएपछि व्यापक आलोचना भएको थियो । आलोचनालगत्तै पार्टीले उनको टिकट फिर्ता लियो ।

त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई एमालेले समर्थन गरेको थियो ।



 उनी निर्वाचित भएपछि सर्वोच्चको फैसलालाई पुनरावेदनले सदर गरेकाले उनले प्रदेश सभा सदस्यको सपथसमेत लिन पाएका थिएनन् ।



  • प्रकाशित मिति : पुस ६, २०७५ शुक्रबार १४:४१:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया