नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन् । शुक्रबार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले संगठनलाई ठीक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए । उनले नेविसंघ अब राजनीतिक मुद्दामा नभई शैक्षिक मुद्दालाई अघि बढाउनतर्फ लाग्ने प्रतिबद्धता जनाए ।
सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिए । उनले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।