पल शाह थुनामा पठाउने निर्णयविरुद्ध उच्च अदालत जाने

नाबालिगमाथि बारम्बार जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरुद्ध उच्च अदालतमा जाने भएका छन् । 

केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुनी व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताएका छन् । उनीहरुले पल शाहलाई धरौटीमा रिहा गर्नु पर्ने माग राख्ने भएका हुन् ।

यसका लागि उनीहरुले केही दिनमा नै तयारी सक्ने बताएका छन् । 

यसअघि बिहीबार तनहुँ जिल्ला अदालतले पल शाहलाई उनकै बयानको आधारमा बलात्कार नगरेको प्रमाणित हुन नसकेको भन्दै पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको थियो ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १४:४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया