अर्थमन्त्री शर्माले खुलाए आर्थिक विकास हुन नसक्नुको कारण
'सामाजिक न्याय, मौलिक अधिकारलाई परिपूर्ति गर्न दलहरूमा एकरूपता हुनुपर्छ'
फाइल तस्वीर

अर्थमन्त्री जनार्दन शर्माले प्रणालीअनुरूप सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् ।

राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरू र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरूमा आधारभूत एकरूपता हुनुपर्ने बताए । अर्थमन्त्री शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए ।

‘आज गणतन्त्रपछि पनि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ । त्यो प्रणालीअनुरूपको के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ । कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरूमा आधारभूत एकरूपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन,’ उनले भने ।

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापमा वृद्धि भइरहेको बताए । उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १८:३९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया