चोटका कारण स्मिथले पाकिस्तान विरुद्धको सिरिज गुमाउने

अस्ट्रेलियाका पूर्व कप्तान तथा प्रमुख ब्याटर स्टिभ स्मिथले पाकिस्तान विरुद्धको एकदिवसीय र टि-२० सिरिज गुमाउने भएका छन् ।

स्मिथले घरेलु टोली पाकिस्तान विरुद्धको टेस्ट सिरिजपछि हुन लागेको ३ खेलको एकदिवसीय र एक खेलको टि-२० सिरिज गुमाउने भएका हुन् ।

उनको स्थानमा मिचेल स्विपसनलाई टोलीमा बोलाइएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । कुहिनोको चोटका कारण ३२ वर्षीय स्मिथले सिरिज नखेल्ने भएका हुन् ।

३ खेलको टेस्ट सिरिज अस्ट्रेलियाले १-० जित्दा स्मिथले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

स्मीथसँगै कप्तान प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलउड, डेभिड वार्नर, ग्लेन म्याक्सवेल र केन रिचर्डसनले पनि सिरिज गुमाउने भएका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २९ मार्चबाट लाहोरस्थित गद्दाफी स्टेडियममा सुरु हुनेछ ।  





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १०:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया