एनआरएनए सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्‍याे : पूर्वअध्यक्ष भट्ट

‍‍गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टले संगठनमा कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् ।

काठमाडौंमा जारी १०औँ महाधिवेशनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएनए सत्ययुगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ । 

‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन, त्यसलाई त्रेतायुग नै मानौं’, भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्वापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’

उनले एनआरएनए संस्था पवित्र उद्देश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनएको एकताका लागि पहल गर्न पनि आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १३:१७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया