रुस-युक्रेन युद्ध : १३६ बालबालिका मारिए

रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । 

युक्रेनको महान्यायधिवक्ताको कार्यालयले सो जानकारी दिएको हो । 

रुसले २४ फेब्रुवरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनमा ठूलो भौतिक क्षति भएको छ।  

त्यस्तै, युद्धमा सयौं मानिसहरूको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । 

युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूूलो क्षति सामना गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । 

यसैबीच, रुसले पहिलो चरणको युद्ध समाप्त भएको अबको आफ्नो ध्यान पूर्वी दोनबासलाई पूर्ण स्वतन्त्रत बनाउनेतर्फ केन्द्रित हुने बताएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १४:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया