विद्युतको अधिकतम प्रयोग गरौं : ऊर्जामन्त्री भुसाल

ऊर्जामन्त्री पम्फा भुसालले एलपी ग्यासलाई विस्थापित गर्न र विद्युतको अधिकतम प्रयोग गर्न आग्रह गरेकी छन् । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा निर्माण भएको १३२ केभी प्रशारण लाइन उद्घाटन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण आवश्यकताअनुसार विद्युत पुर्‍याउन तयार रहेको बताइन् । 

मन्त्री भुसालले अर्घाखाँचीमा कुनै पनि व्यक्ति विद्युतको पहुँचबाट टाढा नरहेको पनि दावी गरिन् । 

‘कोही विद्युत पहुँच बाहिर हुनुहुन्छ भने हामीलाई भन्नुस् । चाँडै नै सबलाई विद्युत पहुँचमा पुर्‍याउँछाैं’, उनले भनिन् । 

मन्त्री भुसालले अब विद्युतीय गाडी प्रयोग गर्न समेत आग्रह गरिन । 

‘यो सस्तो र सजिलो पनि छ’, भुसालले भनिन्, ‘बरु कहाँ-कहाँ चार्जिङ स्टेसन बनाउनुपर्ने हो हामी तयार छौं ।’





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १५:१६:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया