सिंहदरबारमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्ता जारी

सिंहदरबारमा चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच औपचारिक भेटवार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि औपचारिक वार्ता जारी छ ।

दुवै देशका परराष्ट्रमन्त्रीबीचको भेटवार्तापछि द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो । वार्तामा नेकपाका तर्फबाट परराष्ट्रमन्त्री  खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा रहेको छ । 

चीनका तर्फबाट विदेशमन्त्री वाङ नेतृत्वको १७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छ । वार्तापछि दुई देशबीच विभिन्न नौ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १७:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया