कैलालीको घोडाघोडी- १ मा माओवादीले लगायो उम्मेदवारको टुङ्गो

नेकपा माओवादी केन्द्रले कैलालीको घोडाघोडी नगरपालिका- १ को वडाध्यक्षको उम्मेदवारको टुङ्गो लगाएको छ । 

माओवादीले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षमा लक्ष्मण न्युरेलाई अगाडि सारेको हो ।

शनिबार बसेको जिल्ला समन्वय समिति र नेकपा माओवादी केन्द्र घोडाघोडी नगर कमिटीको पूर्ण बैठकले सर्वसम्मत रूपमा न्युरेलाई अगाडि सारेको जनाएको छ ।
 
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि न्युरेलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्र वडा न. १ का सचिव गोपाल रेग्मीले जानकारी दिए । अन्य चार जना सदस्यको टुङ्गो गठबन्धन हुने नहुने कुरामा भर पर्ने उनले जानकारी दिए ।

सर्वसम्मत रूपमा न्युरेलाई वडाध्यक्षको लागि अगाडि सारेको रेग्मीले जानकारी दिए । न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका-१ का वडा अध्यक्ष पनि हुन् । 

उम्मेदवार टुङ्गो लागेसँगै प्रचारप्रसारमा तीव्रता दिने पार्टीले जानकारी दिएको छ । अन्य वडाहरूको केही दिनमा टुङ्गो लाग्ने माओवादीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १७:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया