दुई हजार ६५५ जनाको कोरोना परीक्षण गर्दा आठजनामा संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा कोरोना भाइरसको संक्रमण घटेको पाइएको छ । दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा जम्मा आठजनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या एक हजार ७५८ जना रहेको छ । पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् । 

यससँगै निको हुनेको संख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ । निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी संक्रमित भएका जिल्लामा काठमाडौं मात्र रहेको छ ।

नेपालमा संक्रमणदर १७.७ प्रतिशत छ । शून्य संक्रमित भएका नौ जिल्लामा धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । 

हाल होमआइसोलेसनमा एक हजार ७१७, संस्थागत आइसोलेसनमा ४१, आइसियूमा १९ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार १९:२५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया