हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको साउदी अधिकारीको दाबी

साउदी अरबका अधिकारीले यमनका हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको दाबी गरेका छन् । राजधानीको विमानस्थल र होडैडाको प्रमुख बन्दरगाह खोल्ने सर्तसहित युद्धविराम र शान्ति वार्ताको प्रस्ताव गरेका साउदी अरबका एक वरिष्ठ अधिकारीले बताएका हुन् । 

एएफपीका अनुसार तेल सुविधासहितको विद्रोहीको आश्रयस्थल जेदामा साउदी नेतृत्वको गठबन्धनद्वारा ड्रोन र क्षेप्यास्त्र हमलाको लहरको एक दिनपछि यो भनाइ आएको हो । 

इरान निकट मानिने विद्रोहीहरूले गत हप्ता यमनी सरकार समर्थक सैन्य गठबन्धनको नेतृत्व गरेको साउदी अरबको राजधानी रियादमा वार्ताका लागि गरिएको प्रस्ताव अस्वीकार गरेका थिए । 

सन् २०१४ मा हुथीहरूले विनाशकारी युद्ध सुरु गरेका थिए । साउदी नेतृत्वको गठबन्धनले ठीक सात वर्षअघि राष्ट्रसंघको समर्थन प्राप्त यमनी संयुक्त सरकारलाई सहयोग गर्न हुथीविरूद्ध आफ्नो हस्तक्षेप सुरु गरेको थियो ।

गत हप्ता साउदी अरबको राजधानी रियादमा खाडी राष्ट्रका छ सदस्य रहेको सहयोग परिषद्ले विद्रोहीहरूलाई यस महिनाको अन्तमा रियादमा वार्ता गर्न आमन्त्रित गरेको थियो । तर हुथीहरूले ‘शत्रु देशहरू’ मा र यमनी सरकारसँग वार्ता गर्न इन्कार गरेका थिए । 





  • प्रकाशित मिति : चैत १२, २०७८ शनिबार २२:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया