पदमुक्त तीन सांसदले दायर गरेको रिटमा सुनुवाइ हुँदै

सांसद पद बहालीको माग गर्दै लुम्बिनी प्रदेशका पदमुक्त तीन सांसदले दायर गरेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइका लागि रिटको पेसी तोकिएको छ । 

रिट निवेदक विजयबहादुर यादव हुन् । १५ साउनमा उनी पदमुक्त भएका थिए । उनलाई जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश संसदीय दलले पार्टी निर्णयविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको भन्दै कारबाही गरेको थियो । 

कारबाहीपछि पदमुक्त गर्न प्रदेश संसद् सचिवालयलाई पत्राचार गरेको थियो । सोही अनुसार उनी पदमुक्त भए । पदमुक्त गर्ने प्रदेश संसद् सचिवालय लुम्बिनीको कदमविरुद्ध उनले १७ साउनमा रिट दर्ता गराएका थिए । रिटमार्फत उनले सांसद पदबहालीको माग गरेका छन् । 

रिटको प्रारम्भिक सुनुवाइ गर्दै २५ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाले लुम्बिनी प्रदेश संसद् सचिवालयको नाममा कारण देखाउ आदेश जारी गरेका थिए । गत ७ चैतमा भने न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा। कुमार चुडालको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्नुपर्ने निर्णय गरेको थियो । 

यादवसँगै तत्कालीन जसपाका सांसदहरू सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय पनि पोखरेल नेतृत्वको सरकारमा सहभागी भएर सरकार जोगाइदिएका थिए । 





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १२:७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया