प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच आज बिहान होटल मेरियटमा भेटवार्ता भएको हो । 

भेटवार्तामा माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेतलगायत नेताहरू पनि सहभागी भएका थिए । प्रचण्डअघि चिनियाँ विदेशमन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । 

शुक्रबार नेपाल पुगेका उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए । विदेशमन्त्री वाङ आज स्वदेश फर्किदैछन् । 

 





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १२:२०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया