अफगानिस्तानको शिक्षा मन्त्रालयअगाडि किशोरी र महिलाको प्रदर्शन

तालिबान प्रशासनले छात्राहरूका लागि माध्यमिक विद्यालय बन्द गरेपछि दुई दर्जनभन्दा बढी किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका छन् । 

सरकारले छात्रालाई पनि छात्रसरह पढ्न अनुमति दिने निर्णय फिर्ता गरेपछि क्रुद्ध बनेका किशोरी र महिलाले शिक्षा मन्त्रालयअगाडि प्रदर्शन गरेका हुन् । 

आफूहरुले पढ्न पाउने खबरले खुसी बनेका हजारौँ केटीहरू बुधवार शैक्षिक संस्था पुगेका थिए । 

शिक्षा मन्त्रालयले सबै उमेरका केटीहरूलाई विद्यालय जान पाउने मिति तोकेपछि उनीहरु विद्यालय गएका थिए । 

तर, उनीहरु विद्यालय पुगेको केही घण्टापछि सरकारले आफ्नो निर्णय फिर्ता लिएको जनाएको थियो । 

तालिबान पुनः सत्तामा आएपछि महिलाका हक अधिकार कटौती हुन सक्ने विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदाय चिन्तित छ । तालिबान १५ अगस्टदेखि अफगानिस्तानको सत्तामा छ । 





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १४:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया