कर्णाली प्रदेशले ८ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने

कर्णाली प्रदेश सरकारले अध्ययन गर्न चाहने विद्यार्थीका लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि अध्ययन गर्न चाहनेले आठ प्रकारका छात्रवृत्ति पाउने भएका हुन् । 

एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई यही ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता विन्दमान विष्टले बताए । 

‘यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछ । यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ’, उनले भने ।

प्राविधिक छोरी बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपाङ्ग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवक्ता विष्टले जानकारी दिए । 

त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरिव तथा जेहेन्दार छात्रवृत्तिका लागी सार्वजनिक निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र सहिदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने प्रवक्ता विष्टले बताए  ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १४:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया