रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको युक्रेनी गुप्तचरले दाबी

युक्रेनको मिलिटरी इन्टेलिजेन्सका प्रमुखले रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् ।  पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले बताएका हुन् । 
 
उनको विज्ञप्तिलाई उल्लेख गर्दै समाचार एजेन्सी रोयटर्सले लेखेको छ, 'उत्तर र दक्षिण कोरिया जस्तै रुसले युक्रेनलाई विभाजित गर्न चाहन्छ ।' 

युक्रेनले रुसको कब्जामा रहेको क्षेत्रमा चाँडै छापामार युद्ध सुरु गर्न लागेको पनि उनले बताए । रुसी सेनाले राजधानी किभलाई घेराबन्दी गरेको छ । तर, पछिल्ला केही दिनदेखि रुसी सेना अगाडि बढ्न भने सकेको छैन ।

रुसी समर्थित लडाकुहरूले पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका छन् । रुसले तिनीहरूलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएको छ । रुस यस्तो गर्ने एक मात्र देश हो ।





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १८:५९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया