आइपिएल: दिल्लीकाे विजयी सुरूवात, मुम्बईमाथि ४ विकेटकाे जित

इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत आज सम्पन्न खेलमा डिल्ली क्यापिटल्स विजयी भएकाे छ ।

सुखद् सुरूवात गर्ने क्रममा दिल्लीले मुम्बई इन्डियन्समाथि ४ विकेटकाे जित हात पारेकाे हाे । 

१७८ रनकाे लक्ष्य दिल्लीले १८.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्याे ।

दिल्लीका लागि ललित यादवले अविजित ४८ रनकाे याेगदान दिए । ३८ बलकाे सामना गरेका उनले ४ चाैका र २ छक्का प्रहार गरे ।

अक्षर पटेल ३८ रनमा अविजित रहँदा पृथ्वी शाले ३८ रन जाेडे ।

मुम्बईका लागि बेसिल थम्पीले ३, मुरूगन आश्विनले २ तथा टाइमल मिल्सले १ विकेट हात परे ।



यसअघि मुम्बईस्थित ब्रेबोर्न स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएकाे थियाे ।

मुम्बईका लागि इशान किशनले सर्वाधिक  ८१ रनकाे याेगदान दिए । ४८ बलकाे सामना गरेका उनले ११ चाैका र २ छक्का प्रहार गरे ।



कप्तान राेहित शर्माले ४१ र तिलक बर्माले २२ रन जाेडे ।

दिल्लीका लागि कुलदीप यादवले ३ तथा खलिल अहमदले २ विकेट हात पारे ।

याे जितसँगै  दिल्लीले २ अंक जोड्दा मुम्बईले हारबाट प्रतियाेगिताकाे सुरूवात गरेकाे छ ।

  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार १९:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया