आइपिएलमा बैंग्लोरमाथि पञ्जाब किंग्सको शानदार जित

भारतमा जारी १५ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पञ्जाब किङ्स ५ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा बैंग्लोरले दिएको २ सय ६ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । 

उसका लागि ओडेन स्मिथले ८ बलमा तीन छक्का र एक चौकासहित अविजित २५ रन बनाए । उनकै आक्रामक पारीमा पञ्जाबले सजिलै जित हात पार्न सफल भयो । 

त्यस्तै, शिखर धवन र भानुका राजपाक्षले ४३/४३, कप्तान मायंक अग्रवालले ३२, साहरुख खानले अविजित २४ र लियाम लिभिङस्टोनले १९ रनको योगदान दिए । 

बैंग्लोरका मोहमद सिराजले दुई, हर्षल पटेल, वानिन्दु हसरंगा र आकाश दीपले एक/एक विकेट लिए । त्यसअघि मुम्बईको डी वाय पाटील स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०५ रन बनायो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले उत्कृष्ट पारी खेले । उनले ५७ बलमा सात छक्का र तीन चौकाको मद्दतमा ८८ रनको पारी खेले । त्यस्तै, विराट कोहलीले ४१, दिनेश कार्तिकले नटआउट ३२ रनको योगदान दिए ।

अनुज रावत २१ रनमा आउट भए । पञ्जाबका राहुल चाहर र अर्शदीप सिंहले एक/एक विकेट लिन सके । 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार ६:२९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया