शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदका लोभीहरूले मात्रै पार्टी छाड्ने गरेको टिप्पणी गरेका छन् । जैमिनी नगरपालिका बागलुङ पार्टी कमिटीले आइतबार गरेको प्रशिक्षण कार्यक्रममा माओवादी नेता पौडेलले माओवादीबाट एमालेमा गएका पूर्वमाओवादी नेताहरूतर्फ लक्षित गर्दै पार्टीलाई माया गर्नेहरू माओवादीमै रहेकाले पद लोभीहरूले मात्रै पार्टी छाडेको बताए ।
माओवादीबाट गएका केही नेताहरूले माओवादीलाई नै सरापेको देख्दा आफू अचम्म परेको उनको भनाइ थियो । उनले आगामी स्थानीय तहको चुनावमा गठबन्धनको प्रयास भइरहेको बताउँदै पहिले माओवादी मजबुद हुने गरी पार्टी सङ्गठन विस्तारमा लागेको बताए ।
देशको परिर्वतनका लागि माओवादीले दुःख, कष्ट र त्याग गरेको बताउँदै देशमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
उनले समाजवादी क्रान्तिका लागि शक्तिशाली पार्टी निर्माणको संकल्प माओवादीले गरेको बताउँदै थप सक्रिय हुन कार्यकर्तालाई आग्रह गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।