चलचित्र ‘ठगराज’को गीतमा प्रताप र दीपाको स्वर

चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सकिएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

 ‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । गीतमा प्रताप र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ । 

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ।
 





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार ८:३९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया