ओस्कार स्टेजमै विल स्मिथले क्रिस रकलाई थप्पड हानेपछि...

हलिउड अभिनेता विल स्मिथले क्रिस रकलाई थप्पड हानेका छन् । 

स्मिथले ओस्कार अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक रकमाथि थप्पड हानेका हुन् ।

कमेडियन क्रिस रकले अभिनेता स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको बारेमा मजाक बनाएपछि विल स्मिथले ओस्करको स्टेजमा क्रिस रकलाई थप्पड हानेका हुन्।

उनले क्रिस रकलाई स्टेजमा हिर्काएकोमा माफी पनि मागे ।

सम्बोधनमा उनले अवार्ड समारोहमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै भने, ‘म एकेडेमीसँग माफी माग्छु, मनोनित मेरा सबै सहकर्मीसँग माफी माग्न चाहन्छु ।’ 

विल स्मिथले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड पाएका छन् । उनले फिल्म किङ रिचर्डका लागि उक्त अवार्ड पाएका हुन् ।



फिल्ममा उनले टेनिस स्टार सेरेना र भेनस विलियम्सका पिता किङ रिचर्डको भूमिका निभाएका थिए । 

यस वर्षको उत्कृष्ट फिल्मकाे अवार्ड कोडाले पाएकाे छ ।



उत्कृष्ट निर्देशककाे अवार्ड भने जेनी क्याम्पियनले पाए । उनले द पावर अफ द डगका लागि अवार्ड पाएका हुन् ।

उत्कृष्ट अभिनेत्री भने जेसिका चेस्टेइन भएकी छन् । द आइज अफ ट्यामी फेइका लागि उनी उत्कृष्ट अभिनेत्री घोषित भएकी हुन्।

  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १०:४१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया