राप्रपाले गर्‍याे २० सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन
फरकधार / १४ चैत, २०७८
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीको विधानबमोजिम २० सदस्यीय कार्यसमिति गठन गरेका हुन् ।



कार्यसम्पादन समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी छन् । यस्तै, महामन्त्रीहरू  डा.धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ र प्रल्हाद साह पनि समिति सदस्यमा छन् । 



केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा र ऋषिबाबु परियार कार्यसम्पादन समितिमा रहेको पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।









  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १२:२४:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया