नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले आफ्नो पहिचान गुम्न नदिएको दाबी गरेका छन् ।
आफूले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालासँग हस्ताक्षर गर्नुअघि रोल्पाबाटै जनतासँग बिदा भएर गएको स्मरण गरे ।
उनले भने, ‘जनयुद्धको पछिल्लो २ वर्ष रोल्पाकै विभिन्न गाउँवस्तीमा तपाईंहरूसँगै बिताएको हो । तपाईंहरूसँग भेटपछि एउटा नयाँ ऊर्जा आउँथ्यो । र, फेरि क्रान्तिलाई एउटा निर्णायक मोडमा पुर्याउन सहज हुन्थ्यो ।’
लालकिल्लाको रूपमा रोल्पालाई कायम राखिने बताउँदै प्रचण्डले भनेका छन्, ‘रोल्पाले आफ्नो पहिचान गुम्न दिएको छैन । विचारप्रतिको निष्ठा र नेतृत्वप्रतिको निष्ठालाई बग्न दिएको छैन । आगामी निर्वाचनमा पनि रोल्पाका ती महान योद्धाहरूलाई सम्झँदै लालकिल्लाको रूपमा कायम गर्नेछ ।’
पूर्वाधार विकासमा पनि रोल्पाले प्रगति गरेको पनि उनले दाबी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।