रोल्पामा माओवादी हार्दा ‘जनयुद्ध’ कै हार हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी हार्दा सिंगो जनयुद्धकै हार हुने बताएका छन् । 

रोल्पाको लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले रोल्पा जिल्ला प्रतिक्रियावादीहरूको लागि आतंक भएको दाबी गरे । 

‘तपाईं रोल्पालीहरूले शान्ति कायम गर्ने र विकास निर्माण गर्ने कुरामा पहिलाको जस्तै पहलकदमी लिनुपर्ने भएको छ । रोल्पा प्रतिक्रियावादी, फटाहा, जालीहरूको लागि आतंक हो’, उनले भने । 

उनले रोल्पालाई संसारभरि चिनिएको ‍ बताए ।

‘रोल्पा नेपालमा मात्रै चिनिँदैन संसारभरि चिनिन्छ । चुनाव अरूको लागि चुनाव हो, हाम्रो लागि लडाइँ हो । अरूको लागि एउटाले जित्छ, अर्कोले हार्छ मात्र हो’, प्रचण्डले अघि भने, ‘तपाईं हामी क्रान्तिकारीहरूका लागि यो जित्दा हाम्रो जनयुद्ध जित्छ, यो हार्दा हाम्रो जनयुद्ध हार्छ । यो ब्याटल हो, यो हामीले जित्नैपर्छ । हामी कसैमाथि जाइ लाग्दैनौं, कसैले जाइ लाग्यो भने इँटको जवाफ पत्थरले दिनैपर्छ ।’

उनले रोल्पाले जित्दा देशैले जितेकाे अनुभूति आफूलाई हुने पनि बताए ।



‘अहिले पनि कोही जाली फटाहाले हाम्राविरुद्ध षडयन्त्र गर्छ, हामी रोल्पा जवाफ दिनका लागि तयार हुनुपर्छ । रोल्पाले जित्यो भने देशैले जित्छ’, प्रचण्डको भनाइ छ 



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १५:५७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया