पछि लागेकाहरूलाई कांग्रेसले समेत हेप्यो : टोपबहादुर रायमाझी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढिरहेको दाबी गरेका छन् । 

सोमबार कपिलवस्तुमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचारमा लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेको आरोप लगाए ।  

सम्बोधनको क्रममा पाँचदलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको  आरोप पनि लगाए ।  

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । 

उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागेको, तर अहिले कांग्रेसले समेत हेपेको उनले दाबी गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तारिफ गर्दै उनले नेपालका शीर्ष नेता भारतसँग झुक्ने, तर केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको दाबी गरे । 



ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको रायमाझीले बताए । 



  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १७:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया