नेपाली कांग्रेसका नेता शशांक कोइरालाले स्थानीय तहको चुनावमा गठबन्धन गर्न नहुने बताएका छन् ।
सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्ने क्रममा उनले चुनावी गठबन्धन आवश्यक नभएको बताएका हुन् ।
कोइरालाले स्थानीय तहको चुनावमा एक्लै लड्नुपर्ने उल्लेख गर्दै संसदीय चुनावमा भने गठबन्धनबारे छलफल गर्न सकिने बताए।
कांग्रेस बैठकमा स्थानीय तह चुनावमा गठबन्धन गर्न हुने या नहुने पक्षमा कांग्रेस नेता विभाजित भएका छन् ।
बैठक भोलि पनि बस्ने र उक्त बैठकबाट गठबन्धनबारे निर्णय हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।