अबको निर्वाचन राजनीतिक पार्टीहरूका लागि ठूलो अग्निपरीक्षा हो : सभामुख  सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले अबको निर्वाचन सबै राजनीतिक पार्टीका लागि ठूलो अग्निपरीक्षा हुने बताएका छन् । निर्वाचन भनेको सामान्य टिकट ढ्वाङमा खसाल्ने मात्रै नभएर ठूलो जनमत सङ्ग्रह र अग्रगमनको पक्षमा भएको सापकोटाको भनाइ छ ।

सोमबार चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालय सिन्धुपाल्चोकको अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहमा सम्बोधन गर्दै सभामुख सापकोटाले निर्वाचनबाट सक्षम, इमान्दार, जीवन जगतलाई परिवर्तन गर्न सक्ने प्रतिनिधि छान्न सक्नुपर्ने बताए । जस्तोसुकै कठिनाइमा सामान गर्ने सामर्थ्य भएको प्रतिनिधि छान्न आग्रहसमेत गरे ।  

यस्तै, सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेको बताए । केही प्रतिगामी पक्षको लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने सापकोटाले बताए । आगामी स्थानीय तह निर्वाचनले प्रतिगामी तत्त्वहरूलाई परास्त गर्ने उनले बताए । 

आफ्नै गाउँको सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेलालाई सम्बोधन गर्ने क्रममा उनले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएकोले अलोकतान्त्रिक पक्षहरू छिटै परास्त हुने बताएका हुन् ।

यस्तै, सभामुख सापकोटाले आजै चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने तिप्लिङ खोलाको पुलसमेत उद्घाटन गरेका छन् । २ करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो पुल आज उद्घाटन गरिएको हो ।

पुल निर्माण भएपछि जिल्ला सदरमुकाम चौताराबाट कुविण्डे हुँदै बलेफी जाने यात्रुलाई सहज हुनेछ भने कुविण्डेका किसानलाई घर र खेत ओहोरदोहोर गर्नसमेत सजिलो हुनेछ ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार २०:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया