एनआरएनएका तीन अध्यक्ष आचार्य, केसी र थापाले गरे पदबहाली

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा. बद्री केसी तथा रविना थापाले सोमबार दिउँसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।

निवर्तमान अध्यक्ष कुमार पन्तले तीनैजना अध्यक्षहरुलाई खादा र माला लगाइदिएर पद बहाली गराएका थिए ।

उनले तीनैजना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए ।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरेपछि संघका पदाधिकारीहरुले बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

मंगलबार अपराह्न ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

नवनिर्वाचित तीनैजना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले  सोमबार राति पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार २१:७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया