आइपिएलमा गुजरात टाइटन्सको डेब्यु जित

इन्डियन प्रिमियर लिग (आइपिएल) को नयाँ टोली गुजरात टाइटन्सले  विजयी सुरुवात गरेकाे छ । गुजरातले गएरातिकाे खेलमा अर्को नयाँ टाेली लखनउ सुपर जायन्टमाथि ५ विकेटकाे जित हात पारेको हाे ।

१५९ रनको लक्ष्य गुजरातले २ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍यो ।​ उसका लागि राहुल टेवटियाले अविजित ४० रनको याेगदान दिए । २४ बलको सामना गरेका उनले ५ चाैका र २ छक्का प्रहार गरे । कप्तान हार्दिक पाण्डेयले ३३ तथा म्याथ्यु वेड र डेभिड मिलरले ३०/३० रन बनाउँदा अभिनव मनाेहर १५ रनमा अविजित रहे ।

लखनउका लागि दुस्मन्था चमिराले २ तथा आवेश खान, कृणाल पाण्डेय र दीपक हूडाले १/१ विकेट हात पारे । यसअघि मुम्बईस्थित वान्खडे स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५८ रन बनाएकाे थियाे ।

लखनउका लागि दीपक हूडा र आयुष बडाेनीले अर्धशतकीय पारी खेले । ४१ बलको सामना गरेका दीपकले ६ चाैका र २ छक्कासहित ५५ रन बनाए । ५४ रन जाेडेका आयुषले ४१ बलमा ४ चाैका र ३ छक्का प्रहार गरे ।​

कृणाल पाण्डेय २१ रनमा अविजित रहे । ​गुजरातका लागि माेहम्मद शामीले ३, वरुण अराेनले २ र राशिद खानले १ विकेट हात पारे । जितसँगै गुजरातले २ अंक जाेड्दा लखनउले हारबाट प्रतियाेगिताकाे सुरुवात गरेकाे छ ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार ६:५८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया