इन्धन खपत घटाउन निगमको प्रस्‍ताव : जोर-बिजोर लागू गरौँ, आइतबार पनि बिदा दिऔँ
फाइल तस्वीर

नेपालमा पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमले दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको छ । इन्धनको खपत घटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले शनिबार र आइतबार सार्वजनिक बिदाको व्यवस्था गर्न भनेको हो ।

'सार्वजनिक तथा सरकारी सवारी साधनहरूको प्रयोग कम गराउने उद्देश्यले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था मिलाउन' निगमको प्रस्ताव नम्बर ५ मा भनिएको छ । बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई इन्धनको खपत घट्ने निगमले जनाएको छ ।

त्यस्तै, निगमले अत्यावश्यकबाहेक निजी र सरकारी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्न, इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि प्रस्ताव गरेको छ ।

पेट्रोल र डिजलबाट चल्ने सवारी साधनको आयातलाई निरुत्साहित गर्दै विद्युतीय सवारी साधनमा प्रोत्साहन गर्न, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्नका लागि आह्वान गर्न पनि प्रस्ताव गरेको छ ।

 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १४:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया