करिश्मा भन्छिन् - न्वारनको नाम सूर्जेकुमारी हो [भिडियो]
फाइल तस्वीर

नेकपा एमालेमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफ्नो न्वारनको नाम सूर्जेकुमारी भएको बताएकी छन् । रूपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

'बाइदवए म एउटा कुरा रिभ्युज गरिदिहालौँ कि जस्तो लाग्यो मेरो न्वारनको नाम चाहिँ सूर्जेकुमारी हो' उनले भनिन् ।

सूर्यले सोलार सिस्टमलाई धानेको बताउँदै अब सूर्यले नेपाललाई पनि धान्ने उनले बताइन् । 'म नेकपा एमाले हजुरहरू पनि नेकपा एमाले बन्नुहोस् भनेर हाम्रो भनेर हाम्रो पार्टीमा तपाईंहरू सबैलाई स्वागत गर्न चाहन्छु' उनले भनिन् ।

उनले विभिन्न पार्टी र व्यवस्थालाई हेरेको बताउँदै उनले बल्ल सही ठाउँमा आइपुगेको आफूलाई महसुस भएको बताइन् ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १५:३०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया