९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

पार्टीमा युवाकाे आकर्षण बढ्दो छ, यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइन्छ : प्रचण्ड
फाइल तस्वीर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक निर्वाचन परिणाम माओवादीको पक्षमा बढी आउने दाबी गरेका छन् । उनले यसअघि अनेक जालझेल गरेर अन्य पार्टीले निर्वाचनकाे परिणाम हात पारेकाे र यसपटक निर्वाचनकाे नतिजा सुल्ट्याइने बताए । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका युवाहरूलाई पार्टी प्रवेश गराउँदै देशभर युवाहरूकाे पार्टीमा आकर्षण बढेकाले निर्वाचन परिणाम माओवादीकाे पक्षमा पार्न असहज नभएको दाबी गरे ।



उनले माओवादीमा प्रवेश गरेर सचेत युवा वर्गले सही निर्णय लिएकाे पनि बताए ।

`तपाईं युवाहरूले सही निर्णय गर्नुभयाे । तपाईंहरूलाई बधाई र स्वागत गर्न चाहन्छु । संघीय लाेकतान्त्रिक गणतन्त्रकाे  जन्मदाता माओवादी केन्द्र हाे । संविधानकाे रक्षा गर्न,  सामाजिक न्यायसहितकाे समाज बनाउन र देशकाे समृद्धिसँगै विकास गर्ने पार्टी  माओवादी हाे । अब यसपटक निर्वाचनको नतिजा हामीले सुल्ट्याउनुपर्छ´, प्रचण्डले मंगलबार भने ।



प्रचण्डले हेलम्बुका प्रभावशाली युवाहरू दिनेश थापा, सञ्जय तामाङ, समीर केसी, निमा लामा, मुस्कान भण्डारी, विकास लामालगायतलाई पार्टी प्रवेश गराएका थिए ।



  • प्रकाशित मिति : १५ चैत, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया