डोटीमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

डोटीको पूर्वीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् । 

मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञानबहादुर चौधरी रहेका छन् । 

दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नरबहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । 

डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से१त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १७:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया