नेपालमा थप ४२ जनामा कोरोना संक्रमण

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल ४ हजार ३ सय २२ पिसिआर परीक्षणका क्रममा ३० जना र १ हजार १ सय ४९ एन्टिजेन परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मंगलबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार थप ८६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार २ सय २८ जना निको भएका छन् । 

हाल नेपालमा १ हजार १ सय ९८ संक्रमित संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १७:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया