नेपाल र भारतका प्रधानमन्त्रीले शनिबार संयुक्त रुपमा रेल्वे सेवाको उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार संयुक्त रुपमा जयनगर–कुर्था–जनकपुरधाम रेल्वे सेवाको उद्घाटन गर्न लागेका छन् ।

शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले भर्चुअल रुपमा जयनगर–कुर्था–जनकपुरधाम रेल सेवाको उद्घाटन गर्न लागेका हुन् ।

चैत १८ गते भारत भ्रमणमा गइरहेका प्रधानमन्त्री देउवा भ्रमणकै कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

दुवै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन नसकिरहेको बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः अध्यादेश जारी गरेपछि रेल चल्न लागेको जानकारी दिए ।

महाप्रबन्धक झाले भने,‘प्राविधिक रूपमा सबै तयारी पूरा भइसकेको छ । कर्मचारी पनि नियुक्त भएर काममा खटिइसकेका छन् । उद्घाटनपश्चात् औपचारिक रुपमा यात्रु बोकेर रेल चल्नेछ ।’



जनकपुरधाम–जनगर रेल फागुन १ गत्तेदेखि दिनमा एकपटक यात्रुविना नै जयनगरबाट कुर्थासम्म आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने मिति निर्धारण नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर रेल चल्दै आएको छ ।

रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । 



देउवा आफ्नो भारत भ्रमणका क्रममा धार्मिक नगरी वाराणसीसमेत पुग्ने भएका छन् । भारतीय समाचार संस्था एएनआईले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो । 

प्रधानमन्त्री देउवा चैत १८ गते भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् । देउवा चैत २० गतेसम्म भारतमा रहनेछन् ।

०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । सबै बोगी करिब १५ सय यात्रु बोक्ने क्षमताका छन् ।

  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १८:०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया