बिमस्टेक शिखर सम्मेलनमा चारवटा सम्झौतामा हस्ताक्षर हुने

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौँ शिखर सम्मेलनमा चारवटा सम्झौतापत्रमा हस्ताक्षर हुने भएको छ । 

बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ । 

‘बिमस्टेक शिखर सम्मेलनमा चारवटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताइन् । 

लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौतापत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धि, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आबद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमस्टेक समझदारीपत्र रहेका छन् । 





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १८:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया