प्रचण्डसँग एनआरएनएका पदाधिकारीले भेटे

गैरआवासीय नेपाली संघ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । 

भेटका क्रममा अध्यक्ष प्रचण्डले गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा कार्यकालको शुभकामना दिएका थिए ।

भेटका अवसरमा चैतको १२ र १३ गते सम्पन्न विश्व सम्मेलनले लिएका प्रतिवद्धताबारे छलफल भएको थियो । अध्यक्ष प्रचण्डले नेपालको विकासमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताएका थिए ।

उनले गैरआवासीय नेपाली संघ एकजुट भएकोमा आफू एकदम खुसी भएको बताए । अध्यक्षले भने, ‘यो एनआएनएको होइन, यो नेपाली जनताको एकतालाई तपाईंहरूले दिएको सन्देश हो । अप्ठ्यारोको बीचबाट पनि नेपालीले बाटो पहिल्याउन सक्छन् भन्ने एकता र क्षमताको सन्देश छ यसमा । नेपालीहरूले अप्ठ्यारोको बीचमा पनि नेतृत्व क्षमता राख्छन् भन्ने सन्देश यसमा छ ।’





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २०:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया