अमेरिकामा ५४.९ प्रतिशतमा ओमिक्रोनको बिए.२ सबभेरियन्ट : सिडिसी

अमेरिकामा कोरोना ओमिक्रोनको सबभेरियन्ट बिए. २ का संक्रमित अत्यधिक बढेका छन् । 

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नयाँ तथ्यांकअनुसार पछिल्लो पटक नयाँ संक्रमितमध्ये ५४.९ प्रतिशत यो सबभेरियन्टका संक्रमण भेटिएका हुन् ।

यो सबभेरियन्टका कारण सबैभन्दा कठिनाइ पूर्वोत्तर क्षेत्रमा भएको बताइएको छ ।  यहाँ बिए.२ को संक्रमितको संख्या ७० प्रतिशतभन्दा अधिक रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । 

अमेरिकाको उत्तर र माउन्टेन वेस्टमा सबैभन्दा कम संक्रमित रहेको बताइएको छ । बिए. २ यी क्षेत्रमा एक तिहाइभन्दा धेरै संक्रमण बढिरहेको छ ।





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार २१:१०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया